राजनको ‘मनको थैली’ सार्वजनिक(भिडियोसहित)

  २०७५ वैशाख १८ गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाली र नेपालको छुट्टै पहिचान बोकेको मौलिक बाजा हो पञ्चेबाजा । जुन बाजामा आधारित रहेर गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् ।

दर्शन डिजिटलको प्रस्तुतीमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर बयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी स्वयंमले लयबद्ध गरेका छन्, भने शब्द पनि उनी आफैले लेखेका हुन् ।

गीतलाई निकै सरल र मिठास तरिकाबाट म्युजिक भिडियो निर्माण गरिएको छ । जसलाई हमाल म्युजिक प्रालिका संचालक तथा निर्देशक सज्जन हमालको निर्देशन गरेका छन् । गीतमा पछिल्लो समय निकै व्यस्त रहेका मोडल तथा व्यवशाही विवस ठकुरी र विनु खड्काको अभिनय रहेको छ ।

गीतमा शम्भु चालिसेको छायांकन रहेको छ भने, सुजन शाहीका सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.