एनसीसी बैंक पुग्यो म्याग्दीको बेनीमा

  २०७५ वैशाख १६ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले म्याग्दी जिल्लाको बेनी बजारमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले गरेका हुन् ।

अध्यक्ष न्यौपानेले यस शाखा मार्फत बैकिङ्ग सेवा विस्तार गरी यस क्षेत्रको आर्थिक प्रगतिको लागि बैंक सहायक हुने बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा ५९ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सोही अवधिमा बैंकको खूद नाफा ५४ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सो अवधिको खूद नाफा १६ करोड ७६ लाख रुपैयाँ मात्र रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.