मोबाइलबाटै राजस्व तिर्नसक्ने क्लियरिङ्ग हाउसको ब्यवस्था, कसरी गर्ने कर भुक्तानी ?

  २०७५ वैशाख १६ गते १५:५९     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अनलाइनबाट राजश्व लिने प्रणालीको सुरुवात गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर तिर्ने प्रणालीलाई अनलाईन मार्फत लगेपछि हाउसले १ लाख रुपैयाँसम्म ई-पेमेन्ट प्रणाली शुरु गरेको हो ।

विद्युतीय राजस्व भुक्तानी प्रणालीलाई सबैभन्दा पहिले ठमेल करसेवा दाता कार्यालबाट शुरु गरिएको छ । हाउसका व्यवसाय तथा विकास अधिकृत विवेक गिरीका अनुसार यस प्रणालीबाट राजस्व मात्र नभएर फिल्मको टिकट, अनलाईन सपिङ, जहाजको टिकट इत्यादी सामाग्रीहरु समेत खरिद गर्न सकिनेछ । अहिले क्लियरिङ हाउसमा ७३ वटा बैंक तथा वित्तिय संस्थाहरु अाबद्ध छन् ।

यसरी गर्ने कर भुक्तानी 

  • सरकारको वेवसाइटमा गएर सम्बन्धित मेनुमा गई आवश्यक विवरणहरु भरी नयाँ भौचर बनाउने र भुक्तानी विकल्पहरु मध्ये कोनेसटल्पस भुक्तानी विकल्प छनोट गर्ने
  • युजरनेम र पासवर्ड प्रयोग गरी कनेक्ट आइपिएसमा लगइिन गर्ने
  • भुक्तानी विवरणलाई रुजु गरी भुक्तानी गर्न बैंक खाता छनोट गर्ने
  • आफ्नो मोबाइल नम्बर वा इमेलमा प्राप्त ओटीपी प्रयोग गरी समिट गर्ने
  • राजस्वको वेभसाइटमा भुक्तानीको कारोबारको सूचना प्राप्त गर्ने

हाउसमा आवद्ध भएका सबै संस्थाहरुको सजिलै सेवा लिन सकिनेछ । अहिले हाउसले ग्राहकलाई अन्य सेवा प्रदान गर्नका लागि थप व्यापारमुखी तथा सेवामुखी संस्थाहरुसँग परामर्श गरिरहेको छ । यस प्रणालीमा नेपाल राष्ट्र बैंक लगायत क ख ग तीनै वर्गका बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी गर्न सकिनेछ ।

कनेक्ट आइपीएस प्रणाली कसरी शुरु गर्ने ?

कनेक्ट आइपीएस प्रणाली शुरु गर्न सबैभन्दा पहिले डब्ल्युडब्ल्यु डट कनेक्टि पस डट कम मा व्यक्तिगत तथा संस्थागत विवरण भर्नुपर्छ । त्यसपछि प्रयोग गर्ने व्यक्ति वा संस्थाको नाम, मोबाइल नम्बर र इमेल राख्ने । व्यक्तिको कुन बैंकको कतिवटा खाता प्रयोग गर्ने हो सो को विवरण खुलाउनु पर्छ । यसरी विवरण भरेको फारम डाउनलोड गरी बैंकमा आफुले बनाएको डकुमेन्टको मिले नमिलेको जाँच गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.