योजना आयोगले अव पैसा बाड्दैन- उपाध्यक्ष कँडेल

  २०७५ वैशाख १५ गते १४:१६     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले योजना आयोगले पैसा बाँड्ने भन्दा पनि अब निति र योजना बाँड्ने बताएका छन् ।  शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय ब्यवस्थापन बिभागद्धारा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. कँडेलले योजना आयोगलाई पुरानो ढर्रा भन्दा माथि उठेर समावेशी तरिकाले अघि बढाउने स्पष्ट पारेका हुन् ।

उनले अब सिहंदरवारमा बसेर योजना बनाउने प्रबृत्ति भन्दा माथि उठेर मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र निति निर्माण गरिने बताएका हुन । उनले त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापन बिषयमा उच्च अध्ययन गरेका जनशक्तिलाई सम्वोधन गदै मुलुकमा कुशल ब्यवस्थापकको खाँचो रहेको औल्याए । उनले केन्द्रिय विभागले आयोजना गरेको म्याराथुन दौडमा उत्कृष्ट धावकलाई पुरस्कार बितरण गदै बिभिन्न प्रतियोगिताका सहभागीहरुलाई सम्मान पनि गरेका थिए ।

कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय ब्यवस्थापन बिभागका प्रमुख प्रा डा भोजराज अर्यालले बिश्वबिद्यालयको ब्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समय सापेक्ष बनाउन सरकारले आावश्यक स्रोत साधनको ब्यवस्थापन गर्नु पर्ने बताए । मध्य पश्चिमाञ्चल बिश्वबिद्यालयका उपकुलपति डा उपेन्द्र कोइरालाले ब्यवस्थापन शिक्षालाई नेतृत्व तह सम्म पुर्याउन शिक्षा प्रणालीलाई थप जिम्मेवारपुर्ण बनाउनु पर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.