अखिलका कार्यवाहक अध्यक्ष भन्छन्ः महंगो शुल्क लिने विद्यालय सञ्चालकलाई इन्काउण्टर गर्नुपर्छ

  २०७५ वैशाख १५ गते १२:१९     विकासन्युज

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले महंगो शुल्क असुल्ने निजी विद्यालयका सञ्चालकहरुलाई इन्काउण्टर गर्न माग गरेका छन् । उनले कानुन हातमा लिने गुण्डा नाइके र शुल्क आतंक मच्चाउने निजी विद्यालय सञ्चालक उस्तै अपराधी भएकाले इन्काउण्टर गर्नुपर्ने र्तक अघि सारेका हुन् ।

उनले शनिबार बिहानै आफ्नो फेसबुकमा लेखेका छन्–कानुन हातमा लिएर समाजमा आतंक फैलाउने गुण्डा नाइके हरुलाइ इन्काउटर गर्ने सरकारले शिक्षा पनि कानुन लाई हातमा लिएर शुल्क आतंक मच्चाउनेहरुको सस्थालाई इन्काउन्टर गरोस् ।

उनले कानुन हातमा लिने गुण्डा नाइके र कानुनकै उल्लंघन गरेर शुल्क आतंक मच्चाउने निजी विद्यालय सञ्चालक उस्तै अपराधी भएकाले गुण्डा नाइकेलाई इन्काउण्टर गर्ने सरकारले विद्यालय सञ्चालकलाई पनि इन्काउण्टर गर्नुपर्ने धारणा राखेका हुन् ।

फेसबुकमा बर्ताैलालाई धेरैले खुट्टा नकमाउने आग्रह गरेका छन भने कतिपयले विद्यार्थी नेतालाई नै इन्काउण्टर गर्नुपर्ने समेत लेखेका छन् ।
बर्तौलाको फोष्टमा राजेन्द्र बिष्टले लेखेका छन्–तिनै शिक्षण संस्थालाई मलजल गर्ने विद्यार्थी नेताहरुलाई पनि इन्काउण्टर गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.