अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु, एकै छानामुनी धातुकलादेखि पश्मिनासम्मकाे प्रदर्शनी

  २०७५ वैशाख १४ गते १६:४४     विकासन्युज

काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपमा १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ शुरु भएको छ । शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेलाको उद्घाटन गरेका हुन् ।


उनले उद्घाटनको क्रममा मुलुकमा लघु, घरेलु तथा साना उद्योगहरुको विकास आवश्यक रहेको बताए । ती उद्योगहरुको विकासलेनै मुलुकको आर्थिक समृद्धि हुने उनको भनाइ छ ।


लघु, घरेलु तथा साना र महिला उद्यमीका उत्पादनहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार सम्बद्र्धन, प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले मेलाको आयोजना गरेको हो ।


मेलामा एकै छानामुनी लघु घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादित एवम् छरिएर रहेका मौलिक वस्तुहरुको प्रदर्शनी रहेकाे छ । साथै  मेलामा बैंक तथा वित्तिय संस्था लगायत व्यवसायीक विकास प्रदायक स‌स्थाहरुको प्रदर्शनी, अन्तरक्रिया, सेमिनार लगायतका कार्यक्रमहरु रहनेछ ।

मेलामा काठ/ढुङ्गा/धातु कला, गलैँचा, राडीपाखी, अल्लो, लोक्ता लगायतका नविन तथा परम्परागत हस्तकला सामाग्रीहरुको प्रर्दशनी रहेका छन् । गलबारसम्म सञ्चालन हुने  मेलामा विभिन्न २५० स्टलहरु रहेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.