९ महिनामा कुमारी बैंकको नाफा १०० प्रतिशत बढ्याे ७० करोड पुग्यो

  २०७५ वैशाख १४ गते ९:२४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा कुमारी बैंकले नाफा १०० प्रतिशत बढाएको छ ।बैंकले चालु आवको चैतसम्म ७० करोड ५ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा ३७ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले ब्याज आम्दानी बढाएपछि यसको सकरात्मक असर नाफामा परेको हो । गत चैतमा बैंकले १ अर्ब ३४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८१ करोड ३७ लाख रुपैयाँ गरेको थियो ।

बैंकको निष्क्रिय कर्जा घटेर १.२४ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ८.६७, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.६९, आधार ब्याजदर ११.६२ र ब्याजदर अन्तर ३.२० प्रतिशत छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा छ ।

बैंकको संचित कोष बढेर २ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ७.२१ प्रतिशत बढेर ६१ अर्ब ८४ करोड र कर्जा लगानी ११.८३ प्रतितश बढेर ५६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.