माछापुच्छे बैंकको नाफा १९ करोड घट्यो, खराब कर्जा न्युन

  २०७५ वैशाख १४ गते ८:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा माछापुच्छ्रे बैंकको नाफा १९ करोड रुपैयाँ घटेको छ । गत चैतसम्म बैंकले ८१ करोड ५० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको चैतमा बैंकले नाफा १ अर्ब रुपैयाँ कटाएको थियो ।

बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको अपरिष्कृत वित्तीय विवरणमा गत आवको तुलनमा ब्याज आम्दानीमा बढाउन नसकेपछि नाफामा गिरावट आएको देखाएको छ ।

गत चैतसम्म बैंकले १ अर्ब ७८ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवाको सोही अवधिमा बैंकको ब्याज आम्दानी १ अर्ब ७५ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको ०.३५ प्रतिशत छ । निक्षेप लागत ७.५३, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७८.६६, आधार ब्याजदर ११.१० र ब्याजदर अन्तर ४.२३ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७५ पैसा छ । बैंकको संचित कोष बढेर १ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएर ६८ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ । यस्तै कर्जा लगानी पनि विस्तार भई ६२ अर्ब २१ करोड रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.