ब्याजदर निर्धारण पद्दतिमा हस्तक्षेप गर्ने तयारीमा राष्ट्र बैंक, तत्काल पुँजी वृद्धि हुन्नः गभर्नर

  २०७५ वैशाख १३ गते १८:५४     रामकृष्ण पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले ब्याजदर निर्धारण पद्दतिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन बैंकहरुलाई निर्देशन दिने तयारी भईरहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६३ औं वार्षिकउत्ववको अवसरमा देशविकास साप्ताहिकसँगको अन्तरवार्तामा डा नेपालले भनेका छन्–‘ब्याजदर निर्धारण पद्दतिलाई थप पारदर्शी एवम् प्रतिस्पर्धी बनाउन बैंकहरुलाई निर्देशन दिने, सरकारले ब्याज अनुदानमा अघि सारेका कार्यक्रमहरुमा कर्जा प्रवाह विस्तार गर्न प्रोत्साहित गर्ने लगायतका कार्यहरुलाई हामी उच्च प्राथमिकता दिनेछौ ।’

बैंकहरुले अपारदर्शी तवरले उच्च व्याजदर निर्धारण गर्ने गरेको विषयलाई राष्ट्र बैंकले गम्भिर रुपमा लिएको उनले बताए । ‘अपारदर्शी तवरले निर्धारण हुने उच्च ब्याजदरका कारण उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह अबरुद्ध नहोस् भन्ने उद्देश्यले हामीले ब्याजदर स्प्रेड, आधार ब्याजदर लगायत ब्याजदरसँग सम्बन्धित थुप्रै नीतिगत व्यवस्थाहरु लागू गरेका छौ’ उनले भनेका छन् ।

वित्तीय साधनको उपलब्धतामा आएको घटबढ ब्याजदरमा सही रुपमा प्रतिविम्बित भएको छ कि छैन भन्ने प्रश्न उब्जिएको पनि उनले बताए । ब्याजदर उच्च हुँदा निक्षेपकर्तालाई फाइदा हुने भए पनि उत्पादन लागत बढ्न गई समग्र आर्थिक वृद्धिमा प्रतिकूल प्रभाव पर्ने भएकोले यसतर्पm राष्ट्र बैंक सजग रहेको गभर्नरले बताए ।

व्याजदर स्थीर बनाउने प्रयास

उपयुक्त मौद्रिक व्यवस्थापनका माध्यमबाट कर्जा तथा निक्षेपको ब्याजदरमा आउने उतार चढाबलाई नियन्त्रण गर्न, उच्च ब्याजदरका कारण कर्जा प्रवाह अबरुद्ध नहुने वातावरण सृजना गर्न तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तारका लागि आवश्यक मौद्रिक तरलता उपलब्ध गराउन नेपाल राष्ट्र बैंक प्रयासरत रहेको उनले बताए ।

सरकारसँग समेत सहकार्य गरी पुनरकर्जा कोषमा थप रकम सुनिश्चित गर्ने, पूँजीगत खर्च बढाउन सरकारलाई अनुरोध गर्ने, ब्याजदर करिडोरमार्पmत् तरलता व्यवस्थापनको कार्यलाई अझ प्रभावकारी बनाउने, निर्देशित कर्जा कार्यक्रमलाई थप सक्रिय तुल्याउने कार्यलाई राष्ट्र बैंकले उच्च प्राथमिकता दिएको उनले बताएका छन् ।

पुँजी वृद्धि नहुने, मर्जरको नीतिमा अडान लिने

बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी बढाउने निर्णय नेपालको वित्तीय क्षेत्र सुधारको इतिहासमा निकै ठूलो उपलब्धि भएको तर यो व्यवस्था लागू गर्दादेखि हालसम्म पनि निकै अवरोध र आलोचनाहरु खेप्नु परेको उल्लेख गर्दै फेरी पुँजी वृद्धि बारेमा अहिले नसोचेका गभर्नर नेपालले बताएका छन् ।

मर्जर/एक्वीजिशनलाई प्रबद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको विगतको नीतिगत अडान कायम रहने तर मर्जर/एक्वीजिशनका कारण वित्तीय क्षेत्रमा एकाधिकारी प्रवृति सृजना हुन नदिनेतर्फ सचेत रहनुपर्ने देखिएको उनले बताएका छन् ।

प्रविधि प्रयोगमा फड्को मार्ने

आधुनिक प्रविधि प्रयोग तर्फ राष्ट्र बैंकले फड्को मार्न लागेको उनले बताएका छन् । ‘हामीले सिङ्गल विण्डोमार्पmत् अनलाइन डाटा प्राप्त गरी मौद्रिक तथा वित्तीय उपकरणको प्रयोग एवम् तथ्याङ्क संकलन कार्यलाई छिटो, छरितो एवम् गुणस्तरीय बनाउन आवश्यक सप्mटवेयर निर्माण गर्दैछौ’ गभर्नर नेपालले भने–हाम्रा तथ्याङ्क÷अभिलेखलाई सुरक्षित राख्न अत्याधुनिक डाटा रिकोभरी साइट निर्माणको कार्य सम्पन्न भएको छ भने रियल टायम ग्रस सेटलमेण्ट सिस्टमको कार्य हुँदैछ ।’

गभर्नर डा चिरञ्जीवि नेपालसँगको अन्तरवार्ता देशविकास पत्रिकामा आइतबार प्रकाशित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.