नगरपालिकाको रकम आफ्नै खातामा जम्मा गर्ने अधिकृत रविनचन्द्र ढकाल पक्राउ

  २०७५ वैशाख १३ गते १७:५२     विकासन्युज

काठमाडौं । कटारी नगरपालिका, उदयपुरमा कार्यरत लेखा अधिकृत रविनचन्द्र ढकाल भ्रष्ट्राचार अभियोगमा पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०७४ ०७५ मा सामाजिक सुरक्षा लगायतका शीर्षकमा विनियोजित बजेट व्यक्तिगत खातामा राखी उपयोग गरेको भेटेपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

ढकालले नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक, कटारीमा रहेको खातामा निकासा भएकोमा रकम आफूलाई गैरकानूनी लाभ पुर्याउने हिसाबले आफ्नो व्यक्तिगत खाताहरुमा स्थानतरण गरेको अख्तियारले दाबी गरेको छ ।

ढकाल विरुद्ध विगतमा कार्यरत रहेको माई नगरपालिका, ईलाममा समेत आर्थिक हिनामिना गरी नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याउने बदनियतले कार्य गरेको आरोप लागेको छ ।

अधिकृत ढकालमाथी थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.