समताको १०० रुपैयाँले खुला विश्वविद्यालयमा हलचल

  २०७५ वैशाख १३ गते १७:००     विकासन्युज

काठमाडौ । समताले १०० रुपैयाँमा नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढउने विषयलाई लिएर खुला विश्वविद्यालयमा हलचल भएको छ । विकासन्युजले समतामा एक सय रुपैयाँ तिरेरै नर्स, अहेव, ल्याव टेक्निसिएन र एचए पढ्न पाइने समाचार प्रकाशित भएपछि खुल्ला विश्वविद्यालयमा खैलाबैला मच्चिएको हो ।

विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले नेपालमा शिक्षामा अब्बल भएर पनि अवासर नपाउनेहरु रहेको बताए । ‘त्यस्ता व्यक्तिहरुका लागि यो शिक्षा एकदमै राम्रो हो । तर यस संस्थाका फाउण्डरहरु हुँदासम्म मात्रै चल्छ की यो संस्था निरन्तर रहन्छ भन्ने विषय मुख्य कुरा हो’, उनले भने ।

दाताहरुले बीचमै सहयोग गर्न छाडे भने संस्था र त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भविष्य के हुन्छ भन्ने प्रश्न पनि पेचिलो हुने उनले बताए । उनले संस्थाको दीर्घजीवन कायम भएमा भने नेपाली नागरिकहरुले सर्वसुलभ मूल्यमै शिक्षा प्राप्त गर्ने र खुला तथा अन्य विश्वविद्यालयहरुलाई चुनौती थपिने स्वीकार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.