माछापुच्छ्रे बैंकले अमेरिकाबाट रेमिट्यान्स भित्र्याउने

  २०७५ वैशाख १३ गते १६:३५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अमेरिकाको न्यूयोर्क स्थित वाल स्ट्रिट फाइनान्स एलएलसिबिच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र वाल स्ट्रिट फाइनान्स एलएलसिका तर्फबाट डाइरेक्टर अफकम्प्लाइन्स कालिआना लक्ष्मानानले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै अमेरिका स्थित नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र अमेरिकाबाट वाल स्ट्रिट फाइनान्स मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सजिलै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.