अर्थमन्त्रीले भने- अबको बजेट सन्तुलित र सबै क्षेत्र समेट्ने वास्तविक हुन्छ

  २०७५ वैशाख १३ गते १५:५९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षका लागि वास्तविक र सन्तुलित आकारको बजेट ल्याउने बताएका छन् । आउने बजेट सबै क्षेत्रलाई समेट्ने गरी जेन्ययुन अंकमा र धान्न सकिने गरी बजेट ल्याउने स्पष्टपारे ।

 

 

नेपाल व्यवस्थापन संघले बिहीबार राजधानीमा आयोजना गरेको पूर्व बजेट छलफललाई सम्बोधन गर्दै उनले अनावश्यक कार्यक्रम नभएको र सन्तुलित बजेट ल्याउने प्रतिवद्धता जनाए ।

उनले राजश्वको दर नभइ दायरा बढाउने, आन्तरिक स्रोतको क्षमताको विस्तार स्वदेशी तथा विदेशी ऋण परिचालन गरिने स्पष्टपारे । उनले झण्डै ७ खर्ब रुपैयाँ भन्दा बढी रकम अनावश्यक कार्यक्रममा खर्चेको बताउदै उनले भने “ती योजनामा सरकारले आधा लगानी गरिसक्यो, अब थप लगानी गर्न नसक्ने अवस्थमा छौ ।” त्यसलाई कसरी व्यस्थापन गर्ने सोचिरहेको उनले बताए ।

उनले संघीयता महंगो भएपनि धान्न नसकिने भन्दै उनले सेवा केन्द्र नजिक भएकाले लागत घट्ने विचार व्यक्त गरे । सरकारले अब दोहरो कर नउठाउने भन्दै डा. खतिवडाले भने “घरबहाल करको समस्या समधान भइसक्यो अब सम्पत्ति कर तल्लो तहबाट उठाउने गरी निर्णय हुन बाँकी रहेको छ । अब दोहरो कर समस्या समधान हुनुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.