भक्तपुरमा महिन्द्रा टुह्वीलरको सर्भिस नेटवर्क

  २०७५ वैशाख १२ गते २२:१५     विकासन्युज

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलरहरुको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले आफ्नो आधिकारिक सर्भिस नेटवर्क भक्तपुरको जगातिमा विस्तार गरेको छ ।

विकाश मोटरसाईकल वर्कसपको रुपमा स्थापना गरिएको उक्त सर्भिस सेन्टरबाट भक्तपुर आसपासका सम्पूर्ण ग्राहकहरुले महिन्द्रा टुह्वीलरको सरल र सुविधायुक्त सर्भिस लिन सक्ने जनाइएको छ ।

सेनटरबाट सम्पूर्ण महिन्द्रा टु ह्वीलरहरुका स्कुटर तथा बाईकको गुणस्तरीय सेवा तथा जेन्युन पार्टस् सहज रुपमा उपलब्ध गराइनेछ । नेटवर्क सञ्चालनपछि सर्वसुलभ तरिकाबाट सर्भिसिङ तथा समयमै ग्राहकरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराउने, कम्पनी र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउने जनाइएको छ ।

कम्पनीले सवारी विक्री गर्न मात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ विशेष ध्यान केन्द्र्रित रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.