ओपोद्वारा एआई ब्यूटी प्रविधिसहितको सेल्फी एक्स्पर्ट एफसेवेन सार्वजनिक

  २०७५ वैशाख १२ गते १९:२९     विकासन्युज

काठमाडौं । ओपोले नेपालमा एफसेवेन सार्वजनिक गरेको छ । आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सहितको नयाँ सेल्फी एक्स्पर्टले स्मार्टफोन प्रविधिलाई नयाँ उचाई प्रदान गर्ने उद्देश्य अनुरुप उक्त स्मार्टफोन सार्वजनिक गरेको हो ।


सेल्फी फोटोग्राफीका लागि एफसेवेनले परिस्कृत एआई प्रविधि लगायत एआईमा आधारित अन्य वैकल्पिक फिचर्सको उपयोग गरेको छ । सुपर फुल स्क्रिन र परिस्कृत मल्टिटास्किङ सफ्टवेयर सहितको फोन प्रयोगकर्तालाई उत्कृष्ट प्रयोगको अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।
बुधबार सार्वजनिक गरिएका सो फोनमा ६४ जीबी स्टोरेज, ४ जीबी र्याम रहेको जनाइएको छ । सोलार रेड, मुनलाईट सिल्भर र डायमण्ड ब्ल्याक गरी तीन रंगका विकल्प सहित उपलब्ध गरिएको छ ।

एफसेवेनमा रियल टाइम हाइ डायनामिक रेञ्ज (एचडीआर) सेन्सर सहितको २५ एमपी फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ । एफसेवेनबाट खिचिएका तस्विर राम्रो गुणस्तर भएका डिजिटल क्यामेराबाट खिचिएका तस्विर झैँ विस्तृत विवरण र उच्च गुणस्तरका हुने कम्पनीको भनाइ छ । विभिन्न उमेर र लिंगका आधारमा ब्यूटिफिकेसन ईफेक्ट प्रदान गर्ने एआई ब्युटी २.० सहितका एचडीआर तस्विरले सेल्फी प्रेमीहरुको मन जित्ने बताइएको छ ।

परिमार्जित १९ः९ एस्पेक्ट रेसियो सहितको एफसेवेन पहिलो मध्यको एक रहेको जनाइएको छ । त्यसले गर्दा लोकप्रिय रोल प्लेइङ तथा स्ट्र्याटिजी गेममा रहेका ईफेक्टको मज्जा लिन पर्याप्त एरिया हुन्छ । यसका लागि फोनमा फ्रण्ट क्यामेरा, नयाँ एन्टिना र लाइट सेन्सर सहितको विशेष नट्च्चको ब्यवस्था गरिएको छ ।

कम्पनीको अनुसार फोनमा एण्ड्रोइड ८.१ मा आधारित कलर ओएस ५.० मा उत्कृष्ट प्रणाली ब्यवस्थापनका लागि एआई ब्यूल्टईन सफ्टवेयर जडान गरिएको छ । नयाँ फोनमा कम्पनीले कलर ओएस ५.० एआई पावर म्यानेजरको प्रयोग गरेको छ । यसले एपका आधारमा आवश्यकता अनुसार उर्जा विभाजन गरी फोनलाई उत्कृष्ट अवस्थामा राख्न सघाउँछ ।

त्यसैगरी एफसेवेनले पछिल्लो फोन एफफाइभका तुलनमा धेरै एप एकै साथ चलाउनुपर्दा ८० प्रतिशत तिब्र कार्य सम्पादन क्षमता राख्ने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.