२ लाख बिगो जरिवाना सहित इन्जिनियर छबिन्द्र विक्रम खाँण र प्रदिपकुमार वानियाँ विरुद्ध मुद्दा दायर

  २०७५ वैशाख १२ गते १८:२८     विकासन्युज

काठमाडौं । जिल्ला शिक्षा कार्यालय, काश्कीमा कार्यरत इन्जिनियर छविन्द्र विक्रम खाँण र सव(इन्जिनियर प्रदीपकुमार वानियाँ विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको छ । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख बिगो असुली दाबी सहित मद्दा दायर गरेको हो ।

काश्की जिल्ला, मादी गाउँपालिका वडा नं ८ स्थित श्री प्रभात आधारभूत विद्यालय र श्री नारायण आधारभूत विद्यालयको भवन निर्माणको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट योगको कार्यालय पोखराको गएको टोलीले १ लाख समेत बरामद गरेको छ । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय ग बमोजिम जरिवाना र कैद सजायको लागि अदालतमा दायर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.