महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रद्धारा निर्मित मेकर स्पेसलाई वृज सिमेन्टको साथ

  २०७५ वैशाख १२ गते १८:०५     विकासन्युज

काठमाडौं । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रद्धारा निर्मित मेकर स्पेसलाई वृज सिमेन्टले साथ दिने भएको छ । महाविर पुनद्धारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि सहकार्य गर्ने भएका छन् ।

पुष्पतारा केडिया सेवा संस्था एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लिद्धारा महावीर पुनद्धारा किर्तीपुरमा निर्माण भइरहेको मेकर स्पेसको निर्माण कार्यको लागि वृज सिमेन्टद्धारा उत्पादित ओपिसि/पिपिसि सिमेन्ट उपलब्ध गराउने सम्झौता भएको छ । यो सम्झौता केडिया अर्गनाइजेशन अन्तर्गतको पुष्पतारा केडिया फाउन्डेशन, वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि तथा राष्ट्रिय आविष्कार केन्द्रबीच सम्पन्न भएको हो ।

अनुसन्धानकै कामलाई सघाउन राष्ट्रिय आविष्कार केन्द्रले एउटा ल्याब खोल्ने उद्देश्य लिएको छ । यसैका लागि केही समयमै टेन्डर आहवान गरिदै छ, करिब एक करोडको लागतमा बत्रे ल्याबको संरचनाले काम गर्न चाहनेका लागि उपयुक्त वातावरण दिने कम्पनीले जनाउको छ ।

मेकर स्पेस राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरिरहेको एक प्रयोगशाला हो । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा त्रिवि परिसरमा ६ हजार वर्ग फिट क्षेत्रफलमा ल्याब बनाउने काम अधि बढीरहेको छ । जहाँ सृजनात्मक समान विचारधारा भएका व्यक्तित्वहरु भेला हुने र विभिन्न योजनाहरु पाइलट स्केलको रुपमा अध्ययन अनुसन्धान तथा प्रयोगहरु गर्न सकिने छ । त्यस्तै, कुनै योजना सफल भएमा यसलाई व्यापारिकरण गरिने तथा अध्ययन अनुसन्धानमा लाग्नेहरुलाई आर्थिक सहयोग गराई लगानी तथा बजारसम्म पुर्याउन मदत गरिने मेकर स्पेसको उद्देश्य हो ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन वृज सुपर प्रिमियम ओपिसी सिमेन्टका ब्राण्ड एम्बेसेडर समेत रहेका छन् । वृज सिमेन्ट पुन जस्ता देशका उर्जासँग हातेमालो गरि अगाडि बढिरहेको छ । वृज सिमेन्टको छनौटमा रहेका उर्जावान व्यक्तित्वहरु आगामी दिनमा समेत हातेमालोको यो शृङ्खला रही रहनेछ कम्पनीका प्रबन्ध र्निदेशक मनोज केडियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.