आइएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी हस्पिटलबीच नगद रहित सेवा सम्झौता

  २०७५ वैशाख १२ गते १७:३८     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटल बिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) युगेशभक्तबादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा इन्स्योरेन्सका सिईओ श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमा लेखमा तोकिएको सिमासम्म क्यासलेस हस्पिटलाईजेसन सुविधा प्रदान गर्ने बताएका छन् ।

साथै श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गरेका छन् । अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा यस इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.