नेपालीको बार्षिक आम्दानी १६ हजारले बढ्यो, दैनिक कमाई २८७ रुपैंयाँ

  २०७५ वैशाख १२ गते १७:३६     विकासन्युज

काठमाडौं । नेपालीको बार्षिक आम्दानी १६ हजार रुपैंयाँले बढेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली नागरिकहरुको बार्षिक आम्दानी १६ हजार ६ रुपैंयाँ अर्थात १५१ डलरले बढेको हो । गत आर्थिक बर्षमा नेपालीहरुको बार्षिक कमाई ८५३ डलर मात्रै थियो । नेपालीहरुको आम्दानी एक बर्षमा १७.७० प्रतिशतले बढेको देखिन्छ ।

जस अनुसार चालु आर्थिक बर्षमा नेपालीहरु १६ हजार बढि कमाउने हैसियतमा पुगेका छन् । नेपाली नागरिकहरुको औषत बार्षिक आम्दानी १००४ डलर अर्थात १ लाख ३ हजार ३ सय ३५ रुपैंयाँ पुगेको छ । नेपालीहरुले दैनिक जम्मा २ सय ८७ रुपैंयाँ मात्रै कमाउँछन् । नेपालीहरुले कुल आम्दानीको ८५ रुपैंयाँ खर्च गरिरहेका छन भने १५ रुपैंयाँ मात्रै बचत गरेको देखिन्छ ।

३० खर्ब ७ अर्ब २४ करोड ६० लाखको कुल गार्हस्थ उत्पादनमध्ये २५ खर्ब ५५ अर्ब ९० करोड ४० लाख रुपैंयाँ उपभोगमा खर्च भएको छ । जम्मा ४ खर्ब ५१ ऋर्ब ३० करोड मात्रै बचत भएको देखिन्छ । बामपन्थी घोषणा पत्रमा आगामी १० बर्षमा नेपालीहरुको बार्षिक आम्दानी ५ हजार डलर पुर्याउने भनिएको छ । सो लक्ष्य पुरा गराउन नेपालीहरुको बार्षिक आम्दानी औषतमा ३९९ डलरले वृद्धि गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.