यस्तो बन्दैछ राष्ट्र बैंकको नयाँ भवन, बैंककाे बजेटमा सबै काम भवन निर्माण विभागले गर्ने

  २०७५ वैशाख १२ गते २०:१९     विकासन्युज

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति पुगेको नेपाल राष्ट्र बैंकको दुई भवनको पुनर्निर्माण सुरु हुने भएको छ । बैंकले भूकम्प गएको ३ वर्षपछि भवन निर्माण सुरु गर्न लागेको हो ।

भवनकाे रेखाङ्कन गर्ने, अनुमानित लागत तय गर्ने, निर्माण गर्ने सबै कामकाे  जिम्मेवारी राष्ट्र बैंकले शहरी विकास तथा भवन निर्माण विभागलार्इ दिएकाे गभर्नर डा चिरञ्जीवि नेपालले जानकारी  दिए ।

भवन विभागले तयार गरेकाे  राष्ट्र बैंकको प्रस्तावित भवनको रेखाङ्कन

माथिकाे भवन बाबालुवाटारमा बन्नेछ भने तलकाे भवन थापाथलिमा बन्ने छ । सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर तपेन्द्र खड्काका अनुसार भवन पुरानै ढाँचामा निर्माण हुने भएको हो ।

भवन निर्माणको सबै तयारी सकिसकेको इन्जिनियर खड्काले बताए । ‘भवन पहिले जस्तो छ तैस्तै बन्ने हो, भवनको उचाई आकार रंग रोगन सबै पुरानै ढाँचाको हुन्छ’ खड्काले विकासन्युजसँग भने ।

राष्ट्र बैंकको पूरानो भवन

भवनको लागत कति लाग्ने भन्ने कुरा छलफल भैरहेको छ । भवन पुरानै शैलीमा निर्माण गर्न  पुनर्निमार्ण प्राधिकरण र पुरातत्व विभागले स्वीकृति दिइसकेका छन् ।

सहरी विकासको तथ्यांक अनुसार अहिले देशभर २५३ वटा सार्वजनिक भवनहरु निर्माण भैरहेका छन् । त्यस मध्ये ६ वटा भवन निर्माण सम्पन्न भैसकेका छन् । त्यसैगरी १२० वटा भवनको प्रवलीकरण गरिएको छ ।

राष्ट्र बैंक सहित रेडियो नेपाल, लोकसेवा आयोग, महान्याधिवक्ताको कार्यालय, राणाकालिन भवन लगायत २५३ वटै भवन पुरानै शैलिमा निर्माण हुन लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.