आर्थिक वृद्धि खुम्चेर ५.८ प्रतिशतमा सीमित, नेपालीकाे आय बढेर १००४ डलर पुग्यो

  २०७५ वैशाख १२ गते १४:५१     विकासन्युज

काठमाडौं । सरकारले यो वर्ष नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको छ । यो वर्ष वृद्धिदर ६.९ प्रतिशतबाट खुम्चिएर ५.८ प्रतिशत सीमित हुने अनुमान गरेको हो ।

केन्द्रीय तथ्याँक विभागले बुधबार सार्वजनिक गरेको देशको आर्थिक परिदृष्यमा कृषि उत्पादनमा कमी र विद्युतभार कटौती (लोडसेडिङ) हटे पनि लगानी बढ्न नसकेको ठहर गर्दै आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको हो । । सेवा क्षेत्र भने विस्तार भएको विभागले जनाएको छ ।

विभागका अनुसार उद्योग क्षेत्रको वृद्धिदर ८.०४, कृषिको ७.१० र सेवाको ६.६२ प्रतिशत वृद्धि हुने अनुमान गरिएको विभागका महानिर्देशक सुमनराज अर्यालले बताए ।

विभागले अर्थ मन्त्रालयले प्रक्षेपण गरेको भन्दा कम आर्थिक वृद्धि हुने जानकारी दिएको छ । यसअघि अर्थमन्त्रालले ६ प्रतिशत, एसियाली विकास बैंकले ४.९ र विश्व बैंकले ४.६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेका छन् ।

यस्तै मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार झण्डै ४ खर्ब ५ अर्ब बढेर ३० खर्ब ७ अर्ब रुपैयाँ पुगेको अर्यालले बताए । जीडीपी वृद्धिसंगै नेपालीको प्रतिव्यक्ति आय बढेर १००४ डलर पुगेको छ । यसअघि प्रतिव्यक्ति आय ८५३ डलर थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.