पुनःनिर्माण नहुँदा ७ लाख विद्यार्थी विद्यालय बाहिर

  २०७५ वैशाख १२ गते १३:४०     राजाराम न्यौपाने

काठमाडौैँ । बैशाख १२ गते गएको विनासकारी भूकम्प र त्यसपछिका पराकम्पनले ध्वस्त भएका ५० प्रतिशत विद्यालयको पुनःनिर्माण हुन सकेको छैन। भत्केका ७ हजार ५५६ वटा विद्यालयमध्ये अझै ५० प्रतिशत पनि पुनःनिर्माण नहुँदा ७ लाख विद्यार्थी स्कुल बाहिर बसेर अध्ययन गरिरहेका छन् ।

शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाईका प्रमुख निर्देशक इमनारायण श्रेप्ठका अनुसार भुकम्पबाट ७ हजार ९२३ ओटा विद्यालय पुर्णरुपले भत्किएका थिए । तीमध्ये ३७० वटा विद्यालयमा विद्यार्थी नभएर बन्द गरिएका छन् । ७ हजार ५५३ विद्यालय पुनःर्निर्माण गर्नुपर्ने छ ।

विद्यालयलाई ३ चरणमा विभाजन गरी निर्माण भैरहेको छ । गत आर्थिक वर्ष २०७३/०७४ मा २ हजार ८९१ वटा पुननिर्माण सम्पन्न भैसकेको छ । चालु आर्थिक वर्षमा ६०९ वटा विद्यालय पुःननिर्माण भैसकेका छन । ६९४ वटा निर्माणधिन छन् । आगामी आर्थिक वर्षमा ३ हजार ३६२ वटा विद्यालय पुननिर्माण हुनेछन् ।

विद्यालय पुननिर्माणमा विद्यालय व्यवस्थापन समिती, निर्माण व्यवसायी र गैरसरकारी संस्थाहरुले काम गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिले २ हजार ५०० वटा, निर्माण व्यवसायील १५ वटा र गैरसरकारी संस्थाले १ हजार विद्यालय पुननिर्माण गरिसकेका छन् । यस आर्थिक वर्षमा विद्यालय व्यवस्थापन समिती, निर्माण व्यवसायी र गैरसरकारी संस्थाहरु १ हजार ३००, ५५६ र १२५ वटा निर्माणधिन छन् ।

३ हजार ६६२ विद्यालयको काम नै सुरु भएको छैन । भने १ हजार विद्यालय सर्बे भैरहेको छ । ६६० वटा विद्यालयको आफ्नो जग्गा छैन । सरकारले विद्यालयलाई जग्गा किन्न बजेट दिने व्यवस्था छैन । यसका लागि गाउँपालिका, नगरपालिका, उपमहानगरपलिका र महानगरपालिकाले जग्गा उपलव्ध गराएको छैन ।

९३ वटा विद्यालयको जग्गामा मुद्धा चहिरहेको छ । भुकम्प अतिप्रभावित १४ जिल्ला र अरु १७ जिल्लामा विद्यालय पुननिर्माण भैरहेको छ । भुकम्प अतिप्रभावित १४ जिल्लामा जिल्ला आयोजना कार्यवन्यन एकाइ छ ।
अतिप्रभावित जिल्लाहरुमा सबै भन्दा धेरै धादिङमा ६०८ वटा विद्यालय र सबै भन्दा कम रसुवामा ९७ ओटा विद्यालय भुकम्पले क्षति भएको थियो ।

गत आर्थिक वर्षमा रसुवामा २९ ओटा विद्यालय पुननिर्माणमा परेका मध्य १८ वटा मात्र सम्पन्न भएको थियो । सबै भन्दा थोरै विद्यालय भएको जिल्लामा ६० वटा विद्यालय बनिसकेका छन् । बाँकी ११ वटा विद्यालय जग्गा र भौगोलिक विकटताको कारणले पुननिर्माण गर्न सकिएन । भारतीय अनुदानमा ७० वटा मध्यको ८ वटा विद्यालय पुननिर्माण केहि समयमा हुन लागेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.