गरिमा विकास बैंकको नाफा २८ करोड १५ लाख

  २०७५ वैशाख १२ गते ११:११     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले ३ महिनामा १० करोड रुपैयाँ नाफा बढाएको छ । बैंकले गत चैतसम्म २८ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १८ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।

गत आवको चैतमा बैंकले २४ करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको ब्याज आम्दानी बढेपछि नाफा वृद्धि भएको हो । गत चैतसम्म बैंकले ६९ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ब्याज आम्दानी गत पुसमा ४३ करोड ७९ लाख रुपैयाँ थियो । ३ महिनामा बैंकले ब्याज आम्दानी मात्रै ३० करोड रुपैयाँ बढाएको छ ।

पुसको तुलनामा बैंकको निष्क्रिय कर्जा बढेर ०.७८ प्रतिशत पुगेको छ । गत पुसमा बैंकको निष्क्रिय कर्जा ०.४७ प्रतिशत थियो । बैंकको निक्षेप लागत ८.७५, कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७८.९३, आधार ब्याजदर १२.१७ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ६ प्रतिशत छ ।

बैंकको संचित कोष बढेर ५७ करोड रुपैयाँ पुगेको छ । यस्तै समीक्षा अवधिमा बैंकले १८ अर्ब ६३ करोड रुपैयाँ निक्षेप परिचालन गरी १७ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.