९ महिनामा ओम डेभलपमेन्ट बैंकको नाफा २६ करोड ६२ लाख

  २०७५ वैशाख १२ गते १०:१९     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले ३ महिनामा खुदनाफा ११ करोड रुपैयाँ बढाएको छ । बैंकले गत चैतसम्म २६ करोड ६२ लाख रुपैयाँ नाफा गरेको छ । गत पुसमा बैंकले १५ करोड रुपैयाँ मात्र नाफा गरेको थियो । ब्याज आम्दानी बढेपछि यसको सकरात्मक प्रभाव नाफामा परेको हो ।

बैंकले चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरी नाफा, कर्जा लगानी र निक्षेप परिचालन सन्तोषजनक रहेको जानकारी दिएको छ । चालु आवको ९ महिनामा बैंकले ५३ करोड ९६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा ब्याज आम्दानी ३२ करोड २८ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा घटेर ०.८२ प्रतिशतमा झरेको छ । यस्तै निक्षेप लागत ९.२२, सीडी रेसियो ७६.६२, आधार ब्याजदर १२.२० र स्प्रेड दर ४.५५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १२ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकले १९ अर्ब १४ करोड रुपैयाँ निक्षेप परिचालन गरी १७ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको संचित कोषको आकार बढेर ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.