नेको इन्स्योरेन्सको ९९ हजार कित्ता हकप्रद लिलामीमा, बोलपत्र पेश गर्ने अन्तिम दिन बैंशाख २६ मा

  २०७५ वैशाख १२ गते ९:४७     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्ने भएको छ । कम्पनीको संस्थापक र सर्वसाधारणको गरी ९९ हजार ९४९ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको हो ।

हकप्रद सेयर खरिद गर्नका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति बैंशाख २६ गतेलाई तोकिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।

सर्वसाधारणको ९५ हजार ८८५ र संस्थापकतर्फ ४ हजार ६३ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । हकप्रद सेयर किन्न अंकित मूल्य १ सय रुपैयाँ भन्दा बढी दर प्रस्ताव गर्नुपर्ने छ । बोलपत्र न्युनतम १०० कित्तालाई गर्नुपर्ने छ ।
कम्पनीले चुक्तापुँजी बढाउन गत माघ २६ देखि चैत १ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेको हकप्रद सेयर लिलामी गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.