‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट’ वैशाख १४ गतेदेखि शुरू, बिजेतालाई गाडी उपहार

  २०७५ वैशाख ११ गते १६:५५     विकासन्युज

काठमाडौं । नेपालको लागी हुण्डार्ई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले बिगतका वर्ष झैँ यस वर्ष पनि ‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट २०१८’ को आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट ग्लिनियग्लेस डिजाइन गोकर्ण गल्फ क्लबमा यही आगामी वैशाख १४ र १५ गते हुने भएको छ ।

उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फर्म्याटमा र ३/४ ह्यान्डी क्यापमा खेलीने छ । यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । यस टुर्नामेन्टमा टाइटल विनर(नेट), फष्ट रनरअप, सेकेण्ड रनरअप, बेष्ट ग्रस, लेडिज विनर, सिनियर विनर(६० वर्ष उमेर माथिको), जुनियर विनर(१७ वर्ष उमेर मुनीको), हुण्डार्ई वनर्स क्याटेगोरी विनर, लङ्गेष्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मष्ट विरडाइज क्याटेगोरीमामा बिजेता घोषित गरिने छ । यसको साथै होल इन वान बिजेतालाई उपहार स्वरुप एक थान हुण्डाई ग्राण्ड आई १० गाडी प्रदान गर्ने घोषणा गरीएको छ ।

हुण्डाईले विश्वभर नै गल्फखेलको विकास र प्रबर्धन गर्ने हेतुले बिभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जस मध्ये पीजिए टुरको टुर्नामेन्टस् अफ द क्यापियनस् एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.