ब्याजदर वृद्धिको प्रभावः १२ बाणिज्य बैंकले तीन महिनामै बढाए ५५ प्रतिशत प्रतिशत खुद ब्याज आम्दानी(सूचिसहित)

  २०७५ वैशाख ११ गते १३:२०     विकासन्युज

काठमाडौं । बैंकहरुले उच्च दरमा ब्याज बढाएपछि त्यसको प्रत्यक्ष लाभ तेश्रो त्रैमासिकको वित्तिय विवरणबाट प्राप्त गरेका छन् । हालसम्म चैत मसान्तको वित्तिय विवरण सार्वजनिक गरेका १२ वटा बाणिज्य बैंकहरुले तीन महिनाकै अवधीमा १० अर्ब १४ करोड रुपैंयाँ खुद ब्याज आम्दानी बढाएका छन् ।

पुस मसान्त अवधीमा जम्मा १८ अर्ब २१ करोड ब्याज आम्दानी गरेका १२ वटा बाणिज्य बैंकहरुले चैत मसान्तको अवधीमा २८ अर्ब ३५ करोड खुद ब्याजदर आम्दानी गरेका हुन् ।

बैंकहरुले निक्षेपको ब्याजदर बढाएर १४ प्रतिशतसम्म पुर्याएका थिए । निक्षेपको ब्याजदर उच्च दरमा वृद्धिगरेसँगै बैंकहरुले कर्जाको ब्याजदर समेत उच्च दरमै बढाएका थिए ।

जसको प्रत्यक्ष लाभ खुद ब्याज आम्दानीबाट प्राप्त गरेका छन् । बैंकहरुले ३ महिनाकै बिचमा ५५.६८ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.