नेपाल एसबीआई बैंकले ३ महिनामा नाफा ५१ प्रतिशत बढायो, खराब कर्जा ०.१३ प्रतिशत मात्र

  २०७५ वैशाख ११ गते ९:५१     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकले ३ महिनामा नाफा ५१ प्रतिशत बढाएको छ ।चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

चालु आवको पुसमा बैंकले ९१ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैंकले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको जानकारी दिएको छ ।

बैंकको निष्क्रिय कर्जा ०.१३ प्रतिशत मात्र छ । यस्तै निक्षेप लागत ५.२५, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२५, आधार ब्याजदर ९.९, कर्जा र निक्षेपबीच ब्याजदर अन्तर (स्प्रेडदर) ५.२४ छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा छ । बैंकले समीक्षा अवधिमा ६ अर्ब ४९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन घटेर ८३ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ । गत पुसमा बैंकको निक्षेप परिचालन ८५ अर्ब १६ करोड रुपैयाँ थियो । यस्तै बैंकले ७४ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत पुसमा ७१ अर्ब ३४ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ४ अर्ब १५ करोड ९० लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.