भन्सार ऐन संसोधन उच्च प्राथमिकतामा, ब्राण्डमा नझुक्याउन व्यवसायीलाई चेतावनी

  २०७५ वैशाख १० गते २३:२२     विकासन्युज

काठमाडौं । आगामी आर्थिक बर्षभित्रै भन्सार ऐन संसोधन हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रको मुहान सफा गर्ने योजना अनुसार भन्सार ऐनमा सापेक्ष संसोधनको प्रक्रिया अघि बढेको छ । भन्सार विभागका महानिर्देशक तोयम रायले भन्सार विन्दुमा देखिएका विकृतिहरुको समाधानका लागि ऐन संसोधनको प्रक्रिया अघि बढाईसकेका जानकारी दिएका हुन् । नेपाल चेम्बर

उनले हरेक वर्ष उठ्दै आएको वस्तुको सन्दर्भ मुल्यको कुरालाई छोड्नु पर्ने बताए । ‘उद्योगी व्यवसयीहरुले सहि बिल ल्याउनु पर्छ,’ उनले भने ‘पेश गरेको उक्त बिल अनुसार बिजकिकरण होस् ।’

त्यस्तै उनले कुनै पनि ब्रान्डेड वस्तुमा नझुक्याउन व्यवसायीहरुलाई अनुरोध गरे । ‘भन्सारमा नाइक भनेर सामान भित्र्याउदै पछि त्यो डुप्लीकेट भएको भन्दै उम्कन पाइन्दैन’, उनले भने ‘डुब्लीकेट भएपनि ब्रान्डेडकै महसुल लाग्नेछं ।’ ग्राहकहरुलाई पनि नठग्न व्यापारीहरुलाई उनको आग्रह छ ।

व्यवसायीहरुले खरिद गरेको बिल मात्रै समस्याको समाधान नभएको भन्दै बिक्री गरेको बिल पनि सही हुनु पर्ने अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बताए । ‘व्यवसायीहरुले आयात र बिक्री गरेको सहि बिल भन्सारमा बुझाउन पर्ने र त्यसअनुसारको कारोबार गरे सरकार र व्यापारी दुवैलाई सहज हुन्छ,’ उनले भने ‘हामी छामेरै सहि र गलत बिल पत्ता लगाउछौं ।’ उनले गलत बिल बुझाउने व्यवसायी मात्रै हैन सिफारिस गर्ने सरकारी कर्मचारी पनि जवाफदेही बन्नु पर्ने बताए ।

उनले मुलुक नन्ब्रान्डेड सामान ल्याउने डम्पीङसाइड नभएको भन्दै एन्डिडम्पीङ कानून ल्याएर त्यसलाई व्यवस्थित गर्ने जानकारी गराए । ‘अहिले हामी एउटै कन्टेनरमा १७ थरि सामान ल्याउने गरेका छौं’, उनले थपे ‘त्यसैले ट्रेड कस्ट बढिरहेको छ ।’

उनका अनुसार व्यापारमा अब व्यवसायीकरणको खाँचो छ । आयात गर्ने व्यवसायी, थोक बिक्री गर्ने, खुद्रा बिक्री गर्ने व्यवसायीहरु प्रष्ट रुपमा आउनुपर्छ । अहिले मुलुकमा व्यवापारीहरुले चार/चार पोका सामान मुसा ट्रान्स्पोर्ट गरेर ल्याउने गर्छन् । ‘त्यस्तो व्यवसाय सरकारले खोजेको होइन,’ उनले भने ‘स्पेसिफीक, व्यवसायीक बिजिनेश खोजेको हो ।’

त्यस किसिमको बिजिनेशले व्यापारीको वार्ता, छलफल गर्ने क्षमता, प्रतिस्पर्धी क्षमता लगायत क्षमत बढ्ने उनको बुझाइ छ । भन्सार विभागले पनि ग्रिन च्यानेल अर्थात सहज बाटो बनाइदिने उनले जानकारी दिए । सोमबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सले ‘आगामी वर्षको बजेट र राजश्व नीति तर्जुमा गर्ने सन्दर्भमा व्यवसाय सञ्चालनका चुनौती’ अन्तरक्रिया कार्यक्रममा अर्थ सचिव ढुङ्गानाले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले भने आयातित वस्तुहरुको भन्सार दर महङ्गो भएको भन्दै घटाउन जोड दिएका थिए । उनीहरुले भन्सार क्रमैसँग एक तह कम गर्न सरकारलाई सुझाए ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक वर्ष २०७५/७६ को वजेटमा निजी क्षेत्रको सुझाबहरुलाई सम्वोधन गरी बजेट तयार पार्न आग्रह गरे । ‘भन्सारतह घटाउदै आन्तरिकबाट बढाउन आवश्यक छ,’ उनले भने । उद्योगी व्यवसायीहरुका पिरमर्कालाई ख्याल गरी नयाँं बजेट ल्याएमा ‘समृद्ध नेपाल खुशी नेपाल’ को सरकारी नारा पूरा हुने उनको भनाइ छ । सवैले सहज तवरले व्यापार व्यवसाय चलाउन पाउने गरी बजेट आउनु पर्नेमा उनको जोड छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.