विवेक अटोमोवाइलसद्धारा ‘इ सर्भिस राईड’ र्याली सम्पन्न

  २०७५ वैशाख १० गते १८:३२     विकासन्युज

काठमाडौं । एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलस् प्रा.लि.ले रोयल इन्फिल्ड “इ सर्भिस राईड” र्याली आयोजना गरि सम्पन्न गरेको छ ।

कम्पनीको शोरुम बालाजुबाट शुरु भएको राईडमा रोयल इन्फिल्डका सर्भिस मेनेजर बिबेक मिश्राले शुभारम्भ गरेका थिए । जुन माछापोखरी, सामखुसी, पानीपोखरी, महाराजगन्ज, बासँबारी, गोल्हृुटार, हात्तिगौडा, बुढानिल्कण्ठ, शिवपुरी हुदैँ काठमाडौंको शिवपुरीमा स्थित ग्रिनभ्याली रिसोर्टमा पुगेर सम्पन्न भएको थियो । राइडर रमेश अवालेले रोड क्याप्टेनको भुमिका निभाएका थिए । यस राइडमा ३३ वटा रोयल इन्फिल्ड सहित ४० जना राइडरहरुले सहभागीता जनाएका थिए ।

यस र्यालीको मुख्य उद्देश्य भनेको राइडर्सहरुलाई सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना, पर्यावरण एंव वातावरण मैत्री सडक अनुशासनको सन्देश प्रवाह गरेका थिए । साथै राइडर्सहरु बिच भातृत्व कायम गरि भाइचाराको भावना र सद्भाव बढाउनु पनि यस र्यालीको उद्देश्य थियो । राइडमा सहभागि राइडहरुले वन लेन राइड र सेफ्टी राइडको नियमहरु पालना गर्दै राइड गरेका थिए ।

रोयल इन्फिल्ड मोटरसाइकल एउटा ऐतिहासिक प्रतिष्ठित अन्तराष्ट्रिय आइकनिक ब्रान्ड हो । नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक बिक्रेता विवेक अटोमोवाइलसले १९ वटा शाखा तथा डिलर बाट बिक्री बितरण तथा बिक्री पछिका सेवाहरु प्रदान गरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.