बीमा कम्पनीमाथि अख्तियारको आँखा, विभागीय प्रमुखको योग्यता हेर्दै बीमा समिति

  २०७५ वैशाख १० गते १८:२८     नारायण पौडेल

काठमाडौं । बीमा कम्पनीको उच्च व्यवस्थापन माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आँखा लगाएको छ । बीमा कम्पनीका उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुको शैक्षिक योग्यता माथी लगातार उजुरी परेपछि आयोगले बीमा समितिलाई पत्रै लेखेर छानविन गर्न निर्देशन दिएको थियो ।

आयोगको सोही निर्देशन अनुसार बीमा समितिले बीमा कम्पनीको विभागीय प्रमुख भन्दा मािथल्लो तहका कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाण खुल्ने कागजात मगाएर अध्ययन थालेको छ । समितिले चैत ३० गते सबै बीमा कम्पनीहरुलाई पत्र लेखेर विभागीय प्रमुख भन्दा माथिल्लो तहका सबै कर्मचारीको शैक्षिक योग्यताको प्रमाण खुल्ने कागजात एक हप्ताभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो ।

‘अख्तियारको निर्देशन अनुसार नै समितिले बीमा कम्पनीको विभागीय प्रमुख भन्दा माथिल्लो तहका कर्मचारीहरुको शैक्षिक योग्यता खुल्ने प्रमाण पत्र मागेका छौं, अहिले अध्ययन भैरहेको छ’, बीमा समिति उच्च श्रोतले भन्यो । समितिले सुशासन विभाग मार्फत प्रमाणित शैक्षिक योग्यताको कागजात मागेको हो ।

हाल सबै निर्जीवन तथा जिवन बीमा कम्पनीका उच्च तहका कर्मचारीको शैक्षिक योग्यताको प्रमाण पत्रमाथी बीमा समितिले अध्ययन अघि बढाएको छ ।
डाक्टर, कर्मचारी, शिक्षक, पाइलटहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको तथ्यहरु उजागर भएसँगै अख्तियारले बीमा कम्पनीको उच्च तहका कर्मचारीको शैक्षिक योग्यतामाथी छानविन गर्न भनेको थियो ।

‘बीमा कम्पनीका कर्मचारीको शैक्षिक योग्यतामाथी प्रश्न उठ्दै आएको थियो, समितिमै पनि केहि गुनासा आएका थिए, अख्तियारले पत्र नै लेखेपछि विवरण मगाएर अध्ययन अघि बढाएका हौं’, समिति श्रोतले भन्यो ।  समितिले प्रत्येक बीमा कम्पनीको उच्च तहका करिब १० जना कर्मचारीको विवरण मागेको हो । कम्पनीका सिइओ, डेपुटी सिइओ हुँदै सबै विभागीय प्रमुखको शैक्षिक योग्यताको प्रमाण पत्र यतिबेला बीमा समितिमा पुगेको छ ।

पछिल्लो समय बीमा कम्पनीका कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको र त्यस्ता कर्मचारीहरुले संस्थाको हित विपरिद काम गरिरहेको उजुरी आयोगमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.