नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढ्न लाखाै खर्चने दिन सकिए, अब १०० रुपैयाँमा पाइने

  २०७५ वैशाख १० गते १३:०६     राजाराम न्यौपाने

काठमाडौं । तपाईले नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढ्न लाखौ रुपैयाँ खर्च गर्नुपरेको छ । शुल्क महंगो भएर अध्ययन गर्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस् समता अस्पतालले तपाइको इच्छा पुरा गर्ने छ । समताले १ सय रुपैयाँमा नर्स, अहेव, एचए र ल्यावटेक्निसियनको अध्ययन गराउने भएको छ । यसका लागि अस्पतालले काम शुरु गरेको छ । यही वर्षदेखि सञ्चालनमा ल्याउने तयारी समताको छ ।

यसबाट न्युन आय भएका व्यक्तिले पनि नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए विषय पढ्न पाउने भएका हुन् । अस्पतालले भर्ना फि लगायत गरी सबै कोर्शका लागि १ सय रुपैयाँ तिरेपछि पठ्न पाइने छ । एक पटक १ सय रुपैयाँ तिरेपछि विद्यार्थीले थप शुल्क तिर्नुपर्दैन ।

अहिले नर्स पढ्नका न्युनतम ४ देखि ७ लाख रुपैयाँसम्म खर्च लाग्छ । यस्तै अहेव, ल्यावटेक्नीसिएन र एचए पढ्न पनि लाखौ रुपैयाँ खर्च गर्नुपर्छ । यसले गर्दा यी विषयमा कम आय भएका व्यक्तिको पंहुच बाहिर रहेको छ । समताले अध्ययन शुरु गरेपछि गरिवको पंहुच यी विषयमा हुने छ ।

पैसा भएकाले मात्र पढ्न पाएकोमा अब समताले १ सय रुपैयाँमा पुरै कोर्स अध्यन गर्न सकिने छ । यो वर्षदेखि १ सय रुपैयाँमा कक्षा शुरु गर्ने तयारी समताले थालेको छ । हाल अस्पताल मात्र सञ्चालन गरिरहेको समताले अब १ सय रुपैयाँमा स्वास्थ्यकर्मी उत्पादन गर्न लागेको हो ।

सरकार नर्स, अहेव कक्षा सञ्चालनका लागि सरकारसंग अनुमति मागेको छ । सरकारले यो वर्षभित्र सञ्चालन गर्न अनुमति दिने प्रतिवद्धता जनाएको समता अस्पताल सञ्चालक उत्तम सञ्जेलले बताए । असपतालले पहिलो चरणमा नर्स, अहेव, ल्यावटेक्निसियन र एचएका लागि ४०÷४० जना भर्ना लिने भएको छ ।

न्युनआय भएका व्यक्तिहरु धेरै पैसा नभएको कारणले अस्पताल जान डराउँछन् । शरीरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न यो अस्पताल खोलिएको हो । बाँसबाट बनाईएको अस्पताल, बाहिरबाट हेर्दा कुनै कटेज चिटिक्क देखिन्छ । होलबडी चेकअप गराउन १ हजार ५०० शुल्क लिएको छ ।

आफुलाई लागेको रोगको जानकारी बाहिरको काउन्टरमा बस्ने व्यक्तिले तपाईको रोग अनुसारको डाक्टरको नाम सिफारिस गर्छन् र तपाईको हातमा एउटा पूर्जी थमाउँछन् ।अस्पतालमा जनरल फिजिसियन, बाल, नशा तथा हाडजोर्नी, स्त्री, मुट, छाला तथा यौन, रोगका २५ जना विशेषज्ञ डाक्टर उपलव्ध छन् ।

बिरामीले प्याथोलोजी सेवा लिनु परे या ईसीजी वा अल्ट्रासाउन्ड गर्नुपरे थप शुल्क तिर्नु पर्दैन । अझ ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीलाई त अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अपाङ्ग तथा महिलाको लागि पनि अबस्था हेरेर अस्पतालले शुल्कमा छुट दिँदै आएको छ ।

आर्थिक अवस्था कमजोर भएका आम नगरिकहरु दिन दिनै पैसाको चिन्ताले झनै बिरामी भहिरहेका छन् । तर अब यस्तो अवस्थाबाट मुक्त गर्न अस्पताल खोलिएको अस्पतालका संस्थापक उत्तम संजेल बताउँछन् ।

अस्पताल सञ्चालनमा आएको १ वर्ष भएको छ । १ वर्षमा यस अस्पतालले ३० हजार बिरामीलाई उपचार गरी सकेको साथै दैनिक करिब २ सय जना बिरामीले यस अस्पतालबाट सेवा लिईरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.