सप्रोस नेपालको मुलुकलाई हरियो बनाउने कार्यक्रम जारी

  २०७५ वैशाख १० गते ७:४०     विकासन्युज

काठमाडौं । नेपाललाई हरियाली बनाउँ भन्ने अवधारणा निर्माण गरी हरियो नेपाल, समृद्ध नेपाल’ भन्ने नाराका साथ यसै बुधबार र बिहीबार गोष्ठी हुने भएको छ । नेपाललाई हरियो बनाउने उद्देश्यले  सप्रोस–नेपालले उक्त गोष्ठी गर्न लागेको हो ।

गोष्ठीको बारेमा जानकारी गराउन राजधानीमा आइतबार गरिएकाे कार्यक्रममा सप्रोस–नेपालका उपाध्यक्ष श्रीकृष्ण उपाध्यायले नेपाललाई हरियो बनाउने अभियान अन्तर्गतको गोष्ठी हुने बताए । उक्त कार्यक्रमको उद्देश्य दिगो विकास लक्ष्यलाई गुणात्मक प्रतिफल दिन सक्ने बनाउने रहेको उनको भनाइ छ । ‘कार्यक्रममा साझेदारहरुले सहकार्य गरी जैविक खेती प्रणाली, नवीकरणीय उर्जाको उत्पादन, आधुनिक सञ्चार र सूचना प्रविधिको उपयोग, पर्यावरणीय पर्यटन प्रवद्र्धन गर्ने गरी दिगो विकासको लक्ष्य पुरा गर्नेतर्फ अगाडी बढ्छ,’ उनले भने ।

सप्रोस नेपालका अनुसार दिगो विकासको लक्ष्यमा विद्यमान गरीबीका सबै स्वरुप समाप्त गर्ने, दिगो कृषि प्रवद्र्धन, भोकमरी समस्या अन्त्य, खाद्य सुरक्षण तथा पौष्टिक आहार सुधार, लैङ्गीक समानता लगायत रहेका छन् । त्यसै अनुरुप कार्यक्रम अघि बढ्ने संस्थाका उपाध्यक्ष उपाध्यायले जानकारी दिए ।

कार्यक्रममा वातवारण, कृषि लगायत क्षेत्रका राष्ट्र अन्तराष्ट्रिय विज्ञहरुले आफ्नो धारणा राखेका थिए । संस्थाले राष्ट्र/अन्तर्राष्ट्रिय संघ/संस्थाहरुको सहयोगमा दुई वर्षअघि  नेपाललाई हरियाली बनाउँ भन्ने अवधारणा निर्माण गरी विभिन्न गोष्ठीहरु सञ्चालन गरेको जानकारी गराएको छ । सो कार्यक्रमहरुमा जैविक कृषि, नविकरणीय उर्जा, सूचना प्रविधि, पर्यावरणीय पर्यटन लगायत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.