गुहेश्वरी मर्चेण्टको शाखा जनकपुरको धनुषामा, चितवनमा थप्ने तयारी

  २०७५ वैशाख ९ गते १७:२३     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो नवौँ शाखा जनकपुरको धनुषामा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त स्थानका ग्राहकलाई सम्पूर्ण बैंकिङ सेवा दिने उद्देश्यले सो स्थानमा नयाँ शाखा खोलेको हो ।

प्रधान कार्यालय ललितपुरमा रहेको यस कम्पनीले हालसम्म काठमाडौंको चावहिल, चुच्चेपाटी, कान्ती राजपथ, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली, विर्तामोड, थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड, जीतपुरमा सञ्चालन गरिसकेको छ ।

बैकिङ्ग सेवा अन्तर्गत बैंकले एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा इन्टरनेट बैंकिङ्ग सेवा, विभिन्न विप्रेशनको सुविधा तथा डिपी सेवा र सिआश्वा सेवा दिँदै आएको छ । साथै, बैंकले चाडै नै चितवनको नारायणघाटमा थप शाखा विस्तार गर्दै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.