आइएमई जनरल इन्स्योरेन्सको ३४औं शाखा रामेछापको मन्थलीमा

  २०७५ वैशाख ९ गते १७:०२     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) युगेशभक्तबादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरेका छन् ।

उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु, यातायात व्यवसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका सिईओ श्रेष्ठले कम्पनीले छोटो समयमानै आफ्नो शाखा स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, सम्पूर्ण कर्मचारी साथीहरु लगायत ग्राहकहरुलाई धन्यवाद दिएका छन् । साथै, उनले बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गरी रहेको जानकारी दिएका छन् ।

उक्त अवसरमा बिमा क्षेत्रको विकास र विस्तारको लागि लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्सलाई स्थापित गर्ने हेतुले सेवा प्रदान गरिरहेको जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.