५० अंकले बजार बढ्दा पनि मूल्य घट्ने ११ कम्पनी

  २०७५ वैशाख ९ गते १६:२०     विकासन्युज

काठमाडौं । ५० अंकको उछाल आएको आइतबारको बजारमा पनि विभिन्न बैंक तथा वित्तीय संस्थाका सेयर मूल्य घटेको छ । कूल १६७ कम्पनीको कारोबार भएको मध्ये १५६ कम्पनीले कमाएका छन् भने बाँकी ११ कम्पनीका लगानीकर्ताले सामान्य अंक गुमाएका छन् ।

सबैभन्दा बढी रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ३.३६ प्रतिशतले बढेको छ । त्यस्तै, न्याग्दी ग्रुप पावरका लगानीकर्ताले पनि अघिल्लो दिनको तुलनामा ३.१२५ प्रतिशत गुमाएका छन् ।

त्यस्तै, सिनर्जी पावर डेभलपमेन्टको १.९१, नेपाल हाइड्रो डेभलपर्सको १.८७, छ्याङदी हाइड्रोपावरको १.७९, एनआईबीएल प्रगती फण्डको १.६३, सिर्जना फाइनान्स(वित्तीय संस्था)को १.६३ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १.५४ प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, नबिल इक्विटी फण्ड र एभरेष्ट बैंक लिमिटेड कनभर्टिभल प्रिफेरेन्सको सेयर मूल्य क्रमशः १.२८, ०.९२ र ०.४५ प्रतिशतले घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.