उपत्यकाको कन्तबिजोगः एक किलोमिटर सडकलाई ६५३ वटा गाडी

  २०७५ वैशाख ९ गते १३:४८     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका अर्थात काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जम्मा १ हजार ५ सय ९४.६७ किलोमिटर सडक छ । तर यहि सडकमा करिब १० लाख सवारी साधन गुडिरहेका छन् ।

देशभर कालोपत्रे र कच्ची गरि ६६ हजार ५ सय १९.९१ किलोमिटर सडक सञ्जाल छन् । सो सडकमा गुड्ने सवारी साधनको संख्या २७ लाख ८३ हजार ४ सय २८ वटा छ ।

कुल सडकको २ प्रतिशत अर्थात १ हजार ५ सय ९४.६७ किलोमिटर सडक मात्रै उपत्यकामा छ । सडकको हिस्सा २ प्रतिशत ओगटे पनि बागमतिमा सवारी साधन भने ३७.४६ प्रतिशत दर्ता भएका छन् । तीमध्ये अधिकांश उपत्यका अर्थात काठमाडौं, भक्तपुर र ललितपुरमै गुड्छन् ।

उपत्यकाका लागि करिब ३ हजार किलोमिटर आवश्यक पर्ने ट्राफिक प्रहरी महाशाखाका पुर्व प्रमुख तथा नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल बताउँछन् । अत्यन्तै थोरै सडक र अधिक सवारी साधन रहेको उपत्यकामा १ हजार ८५ जना ट्राफिक प्रहरी परिचालन हुने गरेकोे छ । जुन कुल ट्राफिकको ४५.९ प्रतिशत हुन आउँछ ।

हाल देशभर २ हजार ३ सय ६५ जना ट्राफिक प्रहरी कार्यरत छन् । १० लाख ४२ हजार बढि सवारी साधन रहेको उपत्यकामा १ हजार ८५ जना ट्राफिक प्रहरी कार्यरत छन् । जुन कुल जनशक्तिको ४५.९ प्रतिशत हुन आउँछ । अहिले एक जना ट्राफिक प्रहरीले ९६१ वटा भन्दा बढि सवारी साधन हेर्नु परिरहेको छ ।

उपत्यकामा बर्सेनी करिब १५५ जनाको सडक दुर्घटनाका कारण मृत्यु हुने गरेको छ । मासिक औषतमा १२।१३ जनाले ज्यान गुमाउने गरेका छन् । बर्सेनी घाइते हुनेहरुको संख्या ४ हजार भन्दा बढि पुग्ने गरेको छ । उपत्यका भित्र साना ठुला गरि ५ हजार भन्दा बढि दुर्घटना हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.