हाम्रो विकास बैंकको बैशाख २० गतेदेखि १२ दिन बुक क्लोज

  २०७५ वैशाख ९ गते १२:५४     विकासन्युज

काठमाडौं । हाम्रो विकास बैंक लिमिटेडको आगामी बैशाख २० गतेदेखि १२ दिन बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि बैशाख ३१ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

यस बैंक आगामी बैशाख ३१ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले सेयरधनीलाई ७.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३८३ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्तावलाई पारित गर्दैछ ।

साथै, सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना रिक्त सञ्चालकहरुको निर्वाचन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.