९ महिनामा सानिमा बैंकले गर्यो १२० करोड नाफा

  २०७५ वैशाख ९ गते ९:१४     विकासन्युज

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा खुदनाफा २७ करोड रुपैयाँ बढाएको छ । गत चैतसम्म बैंकले १ अर्ब २० करोड ५६ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ९४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालनको अवस्था राम्रो रहेको जानकारी दिएको छ ।

बैंकको निष्क्रिय कर्जा ०.१७, निक्षेप लागत ७.३२, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.१८, आधार ब्याजदर १०.६३ र कर्जा निक्षेप ब्याजदर अन्तर (स्प्रेड) ४ प्रतिशत रहेको छ ।

प्रति सेयर आम्दानी २० रुपैयाँ २२ पैसा रहेको बैंकले जानकारी दिएको छ । समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर २ अर्ब ७ करोड रुपैयाँ रहेको छ । गत पुसमा १ अर्ब ३३ करोड २० लाख रुपैयाँ थियो ।

बैंकको निक्षेप बढेर ७१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत पुसमा बैंकको निक्षेप ६८ अर्ब ३९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानीमा पनि विस्तार आएको छ । गत चैतसम्म ६४ अर्ब ३२ करोड रुपैयाँ छ । गत पुसमा ६० अर्ब ५२ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.