विद्युत प्राधिकरणले किन्यो विद्युतिय गाडी, के कुलमान घिसिङले चढ्लान् ?

  २०७५ वैशाख ८ गते १३:५५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महिन्द्राको ई२० प्लस विद्युतिय गाडी खरिद गरेको छ । प्राधिकरणले अग्नि इनर्जी मार्फत विद्युतिय गाडी खरिद गरेको हो । प्राधिकरणका उप प्रबन्धक राजिव शर्माले हरियाली तथा स्वच्छ भविष्यको लागि डिजेल र पेट्रोलबाट चल्ने गाडिहरुलाई निरुत्साहित गर्ने योजना अनुसार विद्युतिय सवारी खरिद गरेको बताए ।

नेपालमा हालसम्म ४० भन्दा बढी ई२० गाडी गैर सरकारी संस्थाहरुले प्रयोग गर्दै आएका छन् । यसलाई एक पटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रति घण्टाको दरमा कुद्न सक्छ ।

अब प्रश्न उठ्छ, लोडसेडिङ घटाएर चर्चाको शिखरमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ई२० प्लस विद्युतिय कार चढ्लान् त ?
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार ई२० कारको मूल्य २८ लाख रुपैंयाँ परेको छ ।

१३ युनिट विद्युतले सो कार फुल चार्ज हुनेछ । सो कार प्राधिकरणको इञ्जिनियरिङ निर्देशनालयको आयोजना विकास विभागका अधिकारीले चढ्नेछन् ।
प्राधिकरणले हालसम्म रत्नपार्कमा चार्जिङ स्टेशन निर्माण गरिसकेको छ । पहिलो विद्युतिय सवारी सधान खरिद गरेको प्राधिकरणले अब त्यस्ता सवारी साधनहरुको खरिदलाई बढाउँदै लैजाने पनि प्रवक्ता अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.