डाक्टरमाथी अंकुशः आफनो विधा बाहेक अन्य औषधी शिफारिस गर्न नपाउने, फार्मेसीलाई डाक्टरको शिफारिश अनिवार्य

  २०७५ वैशाख ८ गते १२:२९     विकासन्युज

काठमाडौं । अबदेखि चिकित्सक (डाक्टर) ले आफनो विधाका बाहेक अन्य औषधी शिफारिश गर्न नपाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले चिकित्सकमाथि थप कडाइ गर्दै विधा बाहेकका औषधी शिफारिश गर्न नपाउने व्यवस्था गरेको हो ।

अब औषधीको शिफारिश गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी आफनो विधा बाहेक अन्यको औषधी शिफारिश गर्न पाउने छैनन् । यस्तै औषधी पसलले पनि डाक्टरको शिफारिश विना औषधी बेच्न नपाउने गरी थप कडाई गरिएको छ । कुनै पनि डाक्टरले नियम उलंघन गरेको पाइए कडा कार्वाही गर्ने काउन्सिलले चेतावनी दिएको छ ।

काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद र औषधी व्यवस्था विभागका पदाधिकारीबीच भएको संयुक्त बैठकले डाक्टर वा स्वास्थ्यकर्मीले औषधीको शिफारिश गर्दा औषधीको नाम, सेवन गर्नुपर्ने मात्रा, समय तथा अवधिको राम्रोसंग बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्ने व्यवस्था गरेको छ ।

औषधीको शिफारिश गर्दा पहिचान खुल्ने गरी नामथर र मेडिकल काउन्सिल दर्ता नम्बर पनि उल्लेख हुनुपर्ने छ ।
कुनै पनि स्वास्थ्य संस्थाले बिरामी जँचाएको अभिलेख अन्तिम पटक स्वास्थ्य परीक्षण गराएको मितिले ५ वर्षसम्म अभिलेख राख्नु पर्ने व्यवस्था गरेको छ ।

न्यायिक तथा अन्य निकायको आदेशमा सो विवरण उपलब्ध गराउन सक्नुपर्ने छ । यस्तै अस्पता तथा स्वास्थ केन्द्रले डाक्टरको नाम राखेर प्रचारप्रसार गर्न नपाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.