एभरेष्ट बैंकको नाफा १ अर्ब ८० करोड, ३ महिनामा १ अर्ब बढी ब्याज आम्दानी

  २०७५ वैशाख ७ गते ९:१८     विकासन्युज

 

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको नाफा बढेको छ । गत चैतसम्म बैंकले १ अर्ब ८० करोड ३४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ ।

बैंकले शुक्रबार सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालनमा वृद्धि भएको बैंकले जनाएको छ । बैंकको खराब कर्जा घटेर ०.२३ प्रतिशतमा सीमित भएको छ । गत पुसमा २५ प्रतिशत थियो । यस्तै निक्षेप लागत ५.३९, कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेड) दर ४.७५ र आधार व्याजदर ८.१८ प्रतिशत छ ।

कर्जा निक्षेपअनुपात (सीडी रेसियो) ७५.६५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २९.७६ रुपैयाँ पुगेको छ । गत पुसमा २८.४१ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकले ३ अर्ब २५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा २ अर्ब ९ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकले १ अर्ब रुपैयाँ बढी ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिम बैंकको निक्षेप बढेर १ खर्ब ६ अर्ब ९४ करोड रुपैयाँ गरेको छ । गत पुसमा १ खर्ब ३ अर्ब २९ करोड रुपैयाँ छ । यस्तै कर्जा लगानी विस्तार भई ८८ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत पुसमा बैंकले ८४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.