सनराइज बैंक लिमिटेडद्धारा स्वास्थ्य बीमा अन्तर्गत बीमा रकम भुक्तानी

  २०७५ वैशाख ६ गते १७:३२     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत सानुमैंया राइठोरलाई १२ हजार रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको छ ।

बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले स्वास्थ्य बीमा अन्तर्गत भक्तपुर शाखाका ग्राहक राइठोरलाई मोती विन्दुको शल्यक्रियाको क्रममा लागेको सो मात्राको उपचार खर्च प्रदान गरेकी हुन् ।

बैंकले प्रदान गर्दै आएको “स्वास्थ्य बीमा सुविधा” बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.