सगरमाथा इन्स्योरेन्सले महिला आरोही टोलीलाई ३२ लाखको बीमा सुरक्षा दिने

  २०७५ वैशाख ६ गते १५:५८     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीलाई कुल ३२ लाख ४२ हजार रुपैयाँ बराबरको बीमा सुरक्षा दिने भएको छ । कम्पनीले आरोहण दलका सदस्यहरुको प्रतिव्यक्तिगत दुर्घटना बीमा बापत १५ लाख, औषधीउपाचर बीमाका लागि चार लाख, हाई अल्टिच्युटका लागि तीन लाख र खोज तथा उद्धार कार्यका लागी १० लाख ४२ हजार (दश हजार अमेरीकी डलर) सम्म गरी सो मात्राको बीमा कभरेज प्रदान गर्न लागेको हो ।

यस वर्ष सगरमाथा आरोहणका लागि महिला पत्रकार रोजिता बुद्धाचार्यको नेतृत्वमा ६ जना महिला आरोहीहरु यस सिजनको सगरमाथा आरोहण गर्न जाने भएका छन् । पत्रकार बुद्धाचार्यको नेतृत्वमा लक्ष्मी कार्की, देउराली चाम्लिङ्ग, कल्पना महर्जन, रोशा बस्नेत र दावा डिक्की शेर्पा यस सिजनको सगरमाथा आरोहण गर्न जान लागेका हुन् । प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को बीमा सहयात्रीमा सगरमाथा इन्स्योरेन्स रहेको छ ।

ड्रिमर्स डेष्टिनेशन ट्रेक्स एण्ड एक्पेडिसन मार्फत सगरमाथा आरोहणमा जाने उक्त आरोहण दलको प्रमुख पथप्रदर्शकमा फुर्वा तेन्जिङ्ग शेर्पा रहेका छन् । शेर्पाले हालसम्म १२ पटक सगरमाथाकोे आरोहण गरिसकेका छन् ।

उक्त आरोहण दलका सदस्यहरुको बीमा सहयात्री सगरमाथा ईन्स्योरेन्सले नक्सालमा बिहीबार सफल आरोहणका लागि शुभकामना कार्यक्रम सम्पन्न गरेका छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आरोहण टोलीका सदस्यहरुलाई कम्पनीको झण्डा हस्तान्तरण गरेका छन् ।

त्यस्तै, उनले सगरमाथा आरोहणमा नेपाली महिला पत्रकारहरुको ईच्छाशक्तिको प्रशंसा गरेका छन् । साथै, सगरमाथा आरोहणको सफलतामा आरोहीको व्यक्तीगत सफलता मात्र नभई सम्पुर्ण पत्रकारिता क्षेत्रको सफलता जोडिने र यसमा सम्पुर्ण सञ्चार जगतले नै गौरव गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.