सेयर बजार उकालो लाग्ने क्रम जारी, परिसूचक २५ अंकले बढ्दा अबौँको कारोबार

  २०७५ वैशाख ६ गते १५:१२     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागिरहेको छ । साताको अन्तिम कारोबारमा पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । दिनभर सामान्य उतारचढाव आएता पनि बिहीबारको परिसूचक २५ अंकले बढेर
१३८८ अंकमा पुगेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि राम्रै सुधार भएको छ । पछिल्लो ३/४ दिन पछिको बजारमा अर्बौँ रुपैयाँ बराबरको सेयर किनबेच भइरहेको छ । त्यस्तै, बिहीबार पनि एक अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कमाउने १० कम्पनी:

बजारमा १६८ कम्पनीको २६ लाख ६३ हजार कित्ता सेयर किनबेच भएका छन् । सोमध्ये सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सवा ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंक, सानिमा माई हाइड्रोपावर, सानिमा बैंक र कुमारी बैंकको ३ करोड माथिको सेयर किनबेच भएका छन् ।

बजारमा ट्रेडिङ समूह बाहेक कारोबारमा आएका सबैसमूह हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह ५१अंकले उकालो लागेको छ ।

सो दिन प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशत कमाएका छन् भने सहयोगी विकास बैंकको सेयर मूल्य ७.२० प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.