विवादमा परेपछि डेपुटी गभर्नर शिवराज श्रेष्ठको अधिकार कटौती

  २०७५ वैशाख ६ गते १४:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको अधिकार कटौती गरिएको छ ।
विभिन्न बैकका विषयमा उनले गरेका निर्णय विवादस्पद भएपछि गभर्नर डा. चिरन्जीवि नेपालले श्रेष्ठको अधिकार कटौती गरेका हुन् ।

श्रेष्ठको मातहतमा रहेका सामान्य सेवा र वित्तीय व्यवस्थापन विभागको जिम्मा अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी लिएका छन् । दुई विभागको जिम्मेबारी हेरफेर भएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए ।

अब सामान्य सेवा र वित्तीय व्यवस्थापन विभाग डेपुटी गभर्नर सिवाकोटीले हेर्ने उनले जानकारी दिए ।

श्रेष्ठले नेपाल बंगलादेश बैंकको सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तेस्रो कार्यकाल थप्नका लागि लविङ गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ । यस्तै कैलाश विकास बैंकको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलार्इ कारवाहीबाट जाेगाउन भूमिका खेलेकाे उनीमाथि अाराेप लागेकाे छ ।  पछिल्लो समयमा राष्ट्र बैंकमा उनले गरेको कामको विरुद्धमा अख्तियारमा उजुरीको चाङ परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.