कालिका पावर कम्पनीले १२ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

  २०७५ वैशाख ५ गते १९:४०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित कालिका पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा बुधबार निवेदन दिएको छ ।

बोर्डबाट स्वीकृति पाएपछि कालिकाले आईपीओ निष्कासन गर्नेछ । कालिकाले आईपीओ निष्कासन गर्न काठमाडौं क्यापिटल मार्केटस लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित स्थानीयबासिन्दालाई छुट्टाएको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १२ लाख रुपैयाँ छ ।

आयोजनाको प्रतिमेगावाट लागत अन्य आयोजनाको तुलनामा बढेको छ । कम्पनीले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ ।

कम्पनीमा संस्थापकको ४२ करोड, ६ करोड आयोजना प्रभावित र १२ करोड रुपैयाँ सर्वसाधारणका लागि हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.