नबिल फाउण्डेसनको नयाँ वर्ष बालबालिकाको साथमा

  २०७५ वैशाख ५ गते १८:००     विकासन्युज

काठमाडौं । नबिल बैंकद्धारा प्रवद्र्घित नबिल फाउण्डेसनले नबिल बैंक तथा हिमालयन टेलिभिजन टिम संग संयुक्त रुपमा नयाँ वर्ष २०७५ सेलेब्रल पाल्सी नेपाल नामक संस्थामा उपचाररत एवं अध्ययन्रत बालबालिकाका साथमा मनाएको छ । सेलेब्रल पाल्सीबाट ग्रसीत बालबालिकाहरुसंग केही खुशीका रमाईलो क्षण बिताउन उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

बालबालिकाहरुले कार्यक्रममा विभिन्न खेल, सांगीतिक कार्यक्रम, नृत्य साथ मनोरञ्जन गरेका थिए । गायिका सबिना कार्कीले पनि उक्त कार्यक्रममा आफ्ना प्रस्तुतीहरुद्वारा बालबालिकाहरुको मनोरञ्जन गरेका थिए ।

सेलेब्रल पाल्सी नशामा हुने एकप्रकारको असन्तुलन हो जुन खास गरेर मस्तिष्कको राम्ररी विकास नभएका मस्तिष्क पक्षघातसँग सम्बन्धित हुन्छ । सेलेब्रल पाल्सीले प्रारम्भिक चरणमा शरीरको गति र माँसपेशीहरुको सन्तुलनमा असर पार्दछ । सेल्फ हेल्प ग्रुपको स्थापना ३१ वर्ष अघि भएको हो र यसको उद्देश्य सेलेब्रल पाल्सीबाट ग्रसीत वयस्क र बालबालिकाहरुलाई सही उपचार गर्दै देखभाल गर्ने, सुविधा र राहत प्रदान गर्ने रहेको छ ।

समुहले त्यस्तो बालबालिकाहरु र उनीहरुका अभिभावकहरुलाई लक्षित गरेर विशेष शिक्षा कार्यक्रम, पुनस्थापना केन्द्र र प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गर्ने गरेको छ । प्रशिक्षित घरेलु प्रशिक्षक सेलेब्रल पल्सी ग्रस्त बालबालिकाहरुलाई घर घरमै गएर सेवा प्रदान गर्दछन् र उनीहरुलाइृ सामान्य थेरापी सीप र उनीहरुका अभिभावकहरुलाई त्यस्तै तरिकाहरुबारे सिकाउने गर्दछ्न् ।

नबिल बैंकले एसजिसिपिलाई सेलेब्रल पाल्सीबाट ग्रसीत बालबालिकाहरुलाई पर्सामा संचालन गरिन लागेको परामर्श सेवा, उपचार सेवा र प्रशिक्षण कार्यक्रमहरुको निमित्त आर्थिक सहयोग उपलब्ध गराएको पनि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.