ओम डेभलपमेन्ट बैंकको घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा, विकास बैंकहरुमा पहिलो

  २०७५ वैशाख ५ गते १६:३३     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथी अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुंवरले मेश्रम बाराह मा.बि.का विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी शाखा रहित बैंकिङ्ग सेवाको उद्धघाटन गरेका हुन् ।

विकास बैंकहरुमा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्ने ओम पहिलो विकास बैंक भएको छ । बैंकको सञ्जाल बिस्तार गरी ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उदेश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा शुरु गरिएको र यसबाट बैंकिङ्ग सेवा पुग्न नसकेका घान्द्रुक, छोमरोम र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।

शाखारहित बैंकिङ्ग सेवाको लागि बैंकले आफ्नै कर्मचारी बिवेक गुरुङ्गलाई नियुक्त गरेको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको बायोम्याट्रिक्स ट्याब्लेट मेशिनबाट प्रतिदिन २ लाख रुपैयाँ सम्म निक्षेप जम्मा गर्न र १ लाख रुपैयाँसम्म निक्षेप तथा रेमिटेन्सको भुक्तानी लिन र ग्राहकहरुबाट कर्जाको फाईल संकलन गर्नेछ ।

कार्यक्रममा बैंकका सञ्चालक राजेन्द्रकुमार बाटाजुले बैंकको हालसम्म ५२ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर र १६ वटा एटिएम मेशिनबाट ४२१ कर्मचारीहरुद्धारा २ लाख ३१ हजार ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताएका छन् । साथै, उनले निशुल्क सि-आश्वा सेवा र बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गरिरहेको बताए । बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन गरी १७ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.