गण्डकी विकास बैंकको एकैसाथ आठवटा शाखाबाट कारोबार शुरु, १८ वटा थप्ने तयारी

  २०७५ वैशाख ५ गते १४:५१     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुरु गरेको छ । बैंकले बुधबार(अाज)देखि नयाँ शाखाहरु मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको नयाँ वानेश्वरबाट काराेबार शुभारम्भ गरेकाे हाे ।

यससँगै बैकका ५९ वटा शाखाहरुबाट पुर्ण बैंकिङ सुविधा प्रदान हुने छ ।बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, इसीसी/आईपीएस, सीआश्वा, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरिएको छ ।

साथै बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा कार्यालयहरु हुने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.